‘यो चुनावले क्राइम गर्ने जत्था मात्रै तयार गर्छ: प्रवक्ता प्रकाण्ड
पाेखरा | कात्तिक २९, २०७९
कास्की: नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७९ ले अपराध गर्ने जत्था मात्रै तयार गर्ने बताएका छन् ।
बुधबार पोखरामा हुने जनसभालाई सम्बोधन गर्न पोखरा आइपुगेका प्रकाण्डले आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै आसन्न निर्वाचन जनविरोधी भएको बताउदै वहिष्कार गरेको स्पष्ट पारे । ‘अहिले हुन लागेको चुनाव भनेको पाँच वर्ष क्राइम गरेका मान्छेहरुलाई सेभ साइड राख्ने र नयाँ क्राइम गर्ने जत्था तयार गर्ने भन्दा अरु केही पनि होइन, उनले भने, ‘यसले राष्ट्रघात, जनघात, कमिशन महिला बेचविखन, सामाजिक असुरक्षा भन्दा केही पनि गर्दैन भत्यसैले यसको कुनै औचित्य छैन भन्ने हाम्रो पहिलो राजनीतिक निष्कर्ष हो ।’
उनले आसन्न निर्वाचन जनघाती भएको बताउदै आम नागरिकले नै वहिष्कार गर्नुपर्ने उल्लेख गरे । ‘यो निर्वाचन जनघाती भएकाले यसलाई जनताले पिसफुल्ली रिजेक्ट गर्नुपर्छ, उनले भने, ‘नत्र यसले के देखिन्छ भने पाँच वर्ष लुट भनेर पठाएको जस्तै हुन्छ ।’

उनले संसद विदेशीको चलखेलको अखडा मात्रै बनेको बताए । ‘नेपालको संसदको हालत एमसिसी पास हुदा देखिइयो, त्यसकारण नेपालको संसद साम्राज्यवादको चाटुकार भन्दा अरु केही भएन । विदेशीको दलाल र अखडा भन्दा अरु केही भएन । त्यसैले हामीले यो चुनावको अर्थ र औचित्य छैन भनेर खारेजीको नीति अगाडि सारेका हौं ।’
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको जनसभा भोलि (बुधबार) पृथ्वीचोकमा आयोजना हुने बताइएको छ भने र्याली अमसिँहचौरदेखि सुरु गरिने जिल्ला समिति कास्कीले जनाएको छ ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...
हेमजा: कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

